कोरोनाबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
काठमाडौं, मंसिर ९ । सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
विराटनगरको विराट मेडिकल कलेजमा उपचाररत बुढाथोकीको सोमबार राति ज्यान गएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता राजु अर्यालले जानकारी दिए।
असोज २७ गते कोरोना संक्रमण पुष्टि भएका बुढाथोकीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
१० वर्षपहिले सेवा सुरु गरेका नवीन सशस्त्र प्रहरी ३ नंम्बर गण मोरङमा कार्यरत थिए।
तेह्रथुमको म्याग्लुङ नगरपालिका १ घर भएका उनको मंगलबार दाहसंस्कारको तयारी गरिएको सशस्त्रले जनाएको छ।
कोरोना संक्रमणका कारण हालसम्म तीन जना सशस्त्र प्रहरीको ज्यान गएको छ।
प्रतिक्रिया दिनुहोस्