ललितपुरको सातदोबाटोमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । ललितपुरको सातदोबाटोमा गएराति सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

राति ११ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सप्तरी फत्तेपुर घर भई हाल सातदोबाटो बस्दै आएका ३५ बर्षीय सन्तोष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका चौधरीलाई उपचारका लागि पाटन अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

दुर्घटनामा संलग्न रहि हाल फरार सवारी साधनसहित चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्