काठमाडौं उपत्यकामा थपिए १ हजार २ सय २९ कोरोना संक्रमित, ४ सय ४२ संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौं, मंसिर ४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।उपत्यकामा हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ।

यसैबीच देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ४२ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६२ जना भेन्टिलेटरमा र ३ सय ८० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६१ जना आइसियु र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र ३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ११ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ६ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आइसियु र १४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १० आइसियु उपचाररत रहेका छन्। यसभन्दा अघि बुधबार ३ सय ८०, मंगलबार ३ सय ५६ जना मानिस आइसियु र भेन्टिलेरमा उपचारत रहेका थिए।

नेपालमा २ लाख १५ हजार २० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ८५ हजार ६ सय ३८ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय ७६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्