कोरोनाबाट भारतमा थप ८ जना नेपालीको मृत्यु

काठमाडौं , कात्तिक ३० । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म कोरोनाका कारण मृत्यु हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ ।

संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ । ती मध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र २ लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ६८ हजार १ सय २९ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव ५ प्रतिशत रहेको छ। शनिवार साँझ सम्म नेपालमा १ हजार २ सय २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्