भोलि हुने राष्ट्रियसभा निर्वाचनमा ३२ सदस्यका लागि ५२ को प्रतिस्पर्धा

काठमाडौं– बुधबार मुलुकका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा मात्रै राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ । २ नम्बर प्रदेशमा सवै सदस्य निर्विरोध भएपछि बाँकी प्रदेशमा मात्र निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको र ६ वटा प्रदेशमा मात्रै निर्वाचन हुने जनाएको छ । ‘२ नम्बर प्रदेशमा सवै सदस्य निर्विरोध निर्वाचित भइसकेकाले त्याहाँ निर्वाचन गर्न जररुी भएन, बाँकी प्रदेशमा निर्वाचन हुन्छ’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले रातोपाटीलाई बताए ।

बुधबार बिहान १० देखि ३ बजेसम्म हुने निर्वाचनका लागि आवश्यक सवै व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।

२ नम्बर प्रदेश अरु प्रदेशमा दुई वटाका दरले १२ वटा मतदान केन्द्र तोकेको निर्वाचन आयोगले जनाएको छ ।

‘२ नम्बर बाहेकका अन्य प्रदेशमा पनि १६ जना निर्बिरोध निर्वाचित भइसकेकाले निर्वाचनबाट छानिने ५६ मध्ये ३२ सदस्य पदका लागि मात्र बुधबार निर्वाचन हुनेछ’ आयोग प्रवक्ता ढकालले भने ।
आयोगका अनुसार ३२ सदस्य पदका लागि ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

बहुमतीय र एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुने यो निर्वाचनका लागि चार वटा मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्