कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, नेपालमा संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं , कार्तिक २६ । पछिल्लो केही सातायता कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्यामा समेत वृद्धि भइरहेको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ । यसैबीच आज नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु
संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो । मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या २ लाख पुगेको छ । पछिल्लो समय संक्रमित तथा मृत्यु हुनेको संख्यामा बृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्