थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या २ लाख नजिक

काठमाडौं, कार्तिक २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । अहिले सम्म कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८०३५ रहेको छ ।यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ थियो ।

पछिल्लो २४ घण्टामा थप २७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६० हजार ५७७ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्