१६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ
काठमाडौं, कार्तिक २५ । प्रहरीले स्रोत नखुलेको १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ माइस्थान चोकबाट १६ लाख नगदसहित भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैन लाई पक्राउ गरेको हो ।
रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले माईस्थान चोकमा चेकजाँच गर्ने क्रममा १६ लाख रुपैयाँ बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक मनोजित कुवँरले बताए ।
जैन हुण्डी कारोबारी हुनसक्ने प्रहरीले आशंका गरेको छ । उनीमाथि बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुर आरोपमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्