१६ लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं, कार्तिक २४ । पर्सामा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका ८, माईस्थान चोकबाट सो रकमसहित भारत रक्सौल पूर्वी चम्पारण १० बस्‍ने ५० वर्षीय कृष्णकुमार जैनलाई प्रहरीले पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ना।६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँसहित फेला पारी पक्राउ गेरको हो ।

प्रतिक्रिया दिनुहोस्