कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

काठमाडौं , कार्तिक २३ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।

शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।.पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्