थप २ हजार ८१७ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा मात्रै १हजार ५३३

काठमाडौं , कार्तिक २३ । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्