कोरोनाबाट थप १७ जनाको मृत्यु, अहिले सम्म कतिले गुमाए ज्यान ?

काठमाडौं, कार्तिक २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।

आजसम्म १५ लाख २५ हजार ७७६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार ११४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ९१ हजार ७३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्