आज थप २७ सय ५३ जनामा कोरोना पुष्टि , निको हुनेको संख्या एक लाख ५५ हजार नाघ्यो

काठमाडौं, कार्तिक २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल् जनाएको छ।यो सँगै नेपालमा एक लाख ५५ हजार १ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३५ हजार ४ सय ३५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।हाल देशभर सक्रिय संक्रमित ३५ हजार चार सय ३५जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्