नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

काठमाडौं, कार्तिक २१ । नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठकअघि पिसिआर परीक्षण गर्दा केन्द्रीय सदस्य र आमन्त्रित सदस्यसहित ६ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा सुजाता परियार, श्यामकुमार घिमिरे, किरण यादव, सुरेन्द्रराज पाण्डे, मो।नासिर सिद्धकी र कृष्णकिशोर घिमिरे रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव अमृत कार्कीले जानकारी दिए।

संक्रमण पुष्टि भएपछि आगामी २४ गते हुने केन्द्रीय समितिको बैठकमा पोजिटिभ देखिएका केन्द्रीय सदस्यहरू सहभागी नहुने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले उठाएका मागबारे सहमति जुट्न नसक्दा शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक आगामी २४ गतेलाई सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्