४० लाख रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेका एक यात्रु नागढुंगाबाट पक्राउ

काठमाडौं, कार्तिक २१ । ४० लाख रुपैयाँ साथमा बोकेर काठमाडौं आउँदै गरेका एक यात्रु काठमाडौंको नागढुंगाबाट पक्राउ परेका छन्।

शुक्रबार बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बसमा सवार व्यास गुप्ता ४० लाख रुपैयाँसहित पक्राउ परेका हुन्।नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका २ का ४० वर्षीय गुप्ताको साथमा फेला परेको रकमको श्रोत नखुलेको प्रहरीले जनाएको छ।

गुप्ताले उक्त रकम झोला र कम्मरमा पेटीमा लुकाई ल्याएको प्रहरी जनाएको छ।१ हजार दरका ४ हजार थानका नोट छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्