१० लाख घुससहित विद्युत प्राधिकरणका आयोजना प्रमुख पक्राउ

काठमाडौं , कार्तिक २० । १० लाख घुससहित विद्युत प्राधिकरणका आयोजना प्रमुख पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० प्रसारण लाइनका आयोजना प्रमुख १० लाख घुससहित पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग घुस लिदै गर्दा आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाल ९नवौतह० लाई अख्तियार अनुसन्धान आयोगको टोली पक्राउ गरेको हो ।

उनलाई हेटौंडा नगरपालिका १० बाट पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जनाकारी दिए।

प्रतिक्रिया दिनुहोस्