पूर्वराजा ज्ञानेन्द्र शाह किन गए भारत ? कारण यस्तो छ ,

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन् । झन्डै दुई साताको धार्मिक र सदभाव यात्रामा शाह भारतको उडिसा गएका हुन् । सोमबार अपराह्न उनी एयर इन्डियाको विमानबाट कोलकाता हुँदै भुवनेश्वर प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

शाहले उडिसास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्चयनान्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औँ वर्षका अवसरमा आयोजित विभिन्न समारोहमा विशेष अतिथिको रुपमा सहभागिता जनाउने कार्यक्रम छ । शाहलाई उडिसास्थित पुरी मठमा नागरिक अभिनन्दन समेत गरिने कार्यक्रम छ । शाह करिव दुई साता भारतमा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्