काठमाडौं उपत्यकामा थपिए १८७८ कोरोना संक्रमित, ३८४४ जना संक्रमणमुक्त

काठमाडौं, कार्तिक १९ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८ जना संक्रमित थपिएका छन् ।

यसअघि शुक्रबार ९हिजो० काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना लगरी जम्मा १४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यसैबीच देशभरमा आज ३ हजार ३०९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३ हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् ।

आजसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशधर सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ९११ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १४४ नमूना परीक्षण भएको थियो । क्वारेन्टिनमा रहेकाको सङ्ख्या १ हजार ३०५ छ ।

प्रतिक्रिया दिनुहोस्