थप ३हजार ३०९ जनामा कोरोना पुष्टि, ३० संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।यससँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । उनीहरुमध्ये एक हजार ३४ जनाको मृत्यु भएको स्वास्त्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ८४४ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३६ हजार ९११ जना संक्रिय संक्रमित छन् । यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्