जंगली बँदेल मारेको आरोपमा चन्द्रागिरीबाट ५ जना पक्राउ

काठमाडौं, कार्तिक १८ । जंगली बँदेल मारेको आरोपमा चन्द्रागिरीबाट ५ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–४ सेतेपहराबाट जंगली बँदेल मारेको अभियोगमा प्रहरीले ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको होृ ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका–९ चितलाङ बस्ने ५० वर्षीय रामदास देउला, २१ वर्षीय सरोज देउला, ४१ वर्षीय भीमदास पोडे तथा ३६ वर्षीय रामचरण पोडे र सोही नगरपालिका २ बस्ने २२ वर्षीय राजेश देउला रहेका छन् ।

चन्द्रागिरी नगरपालिका–४ सेतेपहरा थानकोटस्थित जंगलमा जंगली बँदेल मारी ओसारपसार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले मृत अवस्थामा रहेको जंगली बँदेल बोकी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको उक्त वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्