कोेरोनाबाट थप २४ जनाको मृत्यु ,मृतकको संख्या ९८४ पुग्यो

काठमाडौँ , कार्तिक १७ । नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

सोमबार देशभरि २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्