थप २९३३ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै थपिए १६ सय ३० संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्छि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । उनीहरुमध्ये ९८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै छ १ लाख ३७ हजार ९९२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित छन् । यसैबीच काठमाडौँ उपत्यकामा आज १६ सय ३० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार अहिले काठमाडौँमा १६ हजार ११८ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा १०३३ र ललितपुरमा २२८८ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ४८ हजार १८५ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ४८०३ र ललितपुरका ६८ सय जना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म काठमाडौँमा कुल ६४ हजार ५४६ जना संक्रमित भएका छन् भने भक्तपुरका ५९०३ र ललितपुरका ९१५१ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्