सबैले आफ्ना कमीकमजोरी सुधार गरी कम्पनी र जनताका लागि सामूहिक भावनाका साथ काम गर्नुपर्छः मन्त्री बस्नेत

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले जनतालाई प्रत्येक लाभ हुने गरी द्रुत गतिमा काम गर्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिएका छन ।

टेलिकमको १४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमको उट्घाटन गर्दै मन्त्री बस्नेतले टेलिकमका आन्तरिक समस्यालाई आन्तरिक रूपमै समाधान गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमका कर्मचारीलाई आह्वान समेत गरे ।

उनले बताए “सबैले आफ्ना कमीकमजोरी सुधार गरी कम्पनी र जनताका लागि सामूहिक भावनाका साथ काम गर्नुपर्छ, त्यसो गरेमा मात्र निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न सकिन्छ । ”

मन्त्री बस्नेतले नेपालका प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले शुरूमा कम्तीमा १४ जिल्लामा काम शुरू गरिसकेको जानकारी गराए ।टेलिकमले ल्याएको उक्त सेवामा सेवा शूल्कबापत लाग्ने रकम नलाग्ने जनाइएको छ । यो सेवा जिएसएम प्रायेगकर्ताहरुका लागि ल्याइएको हो भने यसअघि पोस्टपेड ग्राहकहरुलाई टेलिकमले सोही सेवा दिइरहेको थियो ।
टेलिकमक प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विश्वव्यापी रुपमा बढ्दो प्रविधिको प्रतिस्पर्धाको साथै गुणस्तरीय सेवा उपलब्ध गराइरहेको बताइन । उनले अबको केही समयमा पहाडी जिल्लामा अप्टिकल फाइबरको जडान गर्दै टेलिकमको सेवामा अझ विस्तार गरिने बताइन । साथै, टेलिकमले वार्षिकोत्सवको अवसरमा विभिन्न सेवा प्रयोग गर्दै आइरहेका आफ्ना ग्राहकहरुलाई माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिर्चाज गर्दा जिएसएम वा सिडिएमएमा डाटा बोनस, एडीएसएल सेवाको स्पिड पाँच एबिपीएस, प्रिपेड ग्राहकहरुलाई पनि सियुजी सेवा जस्ता प्याकेज तथा छुटको व्यावस्था गरेको छ । कम्पनीले आफ्ना जिएसएम सेवातर्फ माघ २३ देखि फागुन आठसम्मको लागि अनलिमिटेड नाइट भोइस प्याकेज ९ राति १० बजेदेखि बिहान छ बजेसम्म० ३५ रुपिँया, अनलिमिटेड अल टाइम डाटा प्याकेज ९ २४ घण्टा० ५० रुपिँया र अनलिमिटेड नाइट डाटा प्याक ९ राति १० बजेदेखि बिहान छ बजेसम्म० १५ रुपिँयामा सञ्चालनमा लाउने घोषणा गरेको छ । कम्पनीले ५०, एक सय र दुई सयको रिचार्ज गर्दा १० प्रतिशत बोनस पाँच सय र एक हजारको रिचार्जमा १५ प्रतिशत बोनस पनि दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्