उपत्यकामा कोरोना संक्रमितको संख्या ७३ हजार पुग्यो , निको कति भए ?
काठमाडौं , कार्तिक १४ । राजधानी उपत्यकामा कोरोना संक्रमितको संख्या ७३ हजार १०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यका ९काठमाडौं, भक्तपुर र ललितपुर० मा कोरोना संक्रमितको संख्या ७३ हजार १०३ पुगेको हो ।
उपत्यकामै अहिले कोरोनाका संक्रिय संक्रमित २० हजार ६६ जना रहेका मन्त्रालयले जनाएको छ । कोरोना निको हुनेको संख्या भने ५२ हजार ७०९ पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या उपत्यकामा ३२८ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ जना पुगेका छन् । जसमा निको हुनेको संख्या ४२ हजार ५०४ जना छन् । सक्रिय संक्रमित १६ हजार ५२१ जना छन् । जसमध्ये १० हजार ५१० कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ । यसैगरी, भक्तपुरमा कोरोना संक्रमितको संख्या पाँच हजार ५१९ पुगेको छ । जसमा निको हुनेको संख्या चार हजार ३८३ छन् । सक्रिय संक्रमितको संख्या एक हजार ७५ जना छन् । सक्रिय संक्रमितमध्ये ७१९ जना होम आइसोलेसनमा छन् । कोरोनाबाट ६१ जनाको मृत्यु भएको छ ।
ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजार ३५० जना पुगेका छन् । जसमा निको हुनेको संख्या पाँच हजार ८२२ पुगेको छ । दुई हजार ४७० जना सक्रिय संक्रमित छन् । जसमध्ये दुई हजार ३६३ जना होम आइसोलेसनमा छन् ।ललितपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म देशैभर कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । निको हुनेको संख्या एक लाख २४ हजार ८६२ छ । कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्