अमेरिकामा कोरोनाः ९२ लाखभन्दा बढीमा संक्रमण, मृत्यु हुनेको संख्या कति ?

काठमाडौं , कार्तिक १४ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९२ लाख नाघेको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९१ हजार ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९२ लाख १२ हजार ७६७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ८३ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २९ लाख ९५ हजार २४५ जनामध्ये १६ हजार ९५० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १०४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार १७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्