एमालेले ​एक नम्बर प्रदेशको संसदीय दलको नेता चुनावबाट टुङ्गो लगाउने

काठमाडौं । प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता छान्न चुनाव हुने भएको छ । सोमबार बिहान बसेको प्रदेश समितिको बैठकले संसदीय दलको नेता छान्नको लागि चुनावमा जाने निर्णय गरेको हो ।

चुनावका लागि अधिवक्ता चुडामणी आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । सदस्यमा प्रेम पोखरेल र टिकाराम पुरी रहेका छन् । संसदीय दलको नेता छान्नको लागि २६ गते संसदीय दलको कार्यालयमा चुनाव गर्ने समेत सहमति बनेको एमालेले जनाएको छ ।

संसदीय दलको नेतामा एमालेका भिम आचार्य, शेरधन राई र जीवन घिमिरे तीनै जनाले दावी गरेपछि चुनावमा जाने निर्णय भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्