घट्यो सुनको मूल्य , प्रतितोला कति ?

काठमाडौँ, कार्तिक १४ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।आज छापवाल सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य बिहीबारको भन्दा २०० रूपैयाँले कम हो ।

यस्तै तेजावी सुन पनि तोलामा २०० रूपैयाँले घटेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला ११८० रूपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको मुल्यमा उतारचढाव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्