आईपीएलमा सुपर ओभरमा पञ्जाबको जित
काठमाण्डौ , कात्तिक ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ ।जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । दुई पटकसम्म सुपर ओभरमा पुगेको खेलमा पञ्जाबले दोस्रो सुपर ओभरमा जित निकालेको हो । मुम्बईको यो तेस्रो हार हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । पञ्जाबले पनि २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो । सुपर ओभरमा पञ्जाबले ५ रनको लक्ष्य दिएको थियो । मुम्बईले पनि चार रन बनाएपछि खेल दोस्रो पटक सुपर ओभरमा गएको हो ।
दोस्रो पटकको सुपर ओभरमा पहिले ब्याटिङ गर्दै मुम्बईले एक विकेट गुमाएर १२ रनको लक्ष्य दिएको थियो । जसमा पञ्जाबले २ बल बाँकी हुँदा जित निकाल्यो। जितपछि पञ्जाबको ६ अंक भएको छ । पञ्जाबसँग हारेको मुम्बईले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
यसैबीच आईपीएलको इतिहासमा नयाँ रेकर्ड बनेको छ । जारी सिजनको ३६ औं खेलमा मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा किंग्स इलाभेनले पराजित गर्दा आईपीएल इतिहासको नयाँ रेकर्ड बनेको हो ।
प्रतिक्रिया दिनुहोस्