बल्झिदै प्रधानन्यायाधीश नागरिकता विवाद

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताबारे बुझ्न आइतबार जिल्ला प्रशासन कार्यालय, तनहुँमा निवेदन दर्ता भएको छ ।

डा. गोविन्द केसीको वारेसनामा लिएर आएका उनका समर्थकले पराजुलीले कुन मितिमा नागरिकता लिएका हुन् भन्ने जानकारी माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

सूचनाको हकअन्तर्गत वारेसनामामार्फत आएको निवेदन डा. केसीका नामबाट दर्ता गरिएको प्रशासकीय अधिकृत सुरेश ढकालले बताए । डा. केसीका तर्फबाट शशीविक्रम कार्की, प्रितम सुवेदी र सागर घिमिरेले निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा नागरिकको सूचनाको हकअनुसार मागेको सूचना उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्