भारतमा ७५ लाख व्यक्तिमा कोरोना संक्रमण, मृत्यु कति ?
काठमाडौं , कार्तिक ३ । भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको हो ।
कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ५६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६२९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ६६ लाख ५८ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ७४ हजार १९६ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्