प्रदेश १ र ४ को प्रदेश सभाको बैठक आज, यस्तो छ कार्यसूचि

काठमाडौँ  ।  प्रदेश सभा अधिवेशन अन्तर्गत आज प्रदेश नम्बर १ र ४ को पहिलो अधिवेशन सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठकको तयारी पूरा भइसकेको छ। पाँच प्रदेशमा यसअघि नै अधिवेशन सुरु भइसकेको छ।

प्रदेश १ र ४ दुबैको अधिवेशन बिहान ११ बजेका लागि बोलाइएको छ। स्थायी सभामुख चयन नहुँदासम्म सभाका बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्नेछन्। सोमबारदेखि सुरु हुने अधिवेशनले सभामुख चयनको कार्यतालिका पारित गर्नेछ। प्रदेश १ मा माघ २९ गते सभामुख चयन गर्ने दलीय सहमति भइसकेको छ।

यस्तै, बैठकले सभा सञ्चालनको अन्तरिम कार्यविधि पनि पारित गर्नेछ। सभामा दलीय प्रतिनिधित्वका आधारमा राजनीतिक दलका प्रतिनिधिले सम्वोधन गर्नेछन्। यसअघि अधिवेशन सम्पन्न भएका पाँचवटै प्रदेश सभाले सभामुख चयनको कार्यतलिका प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिइसकेका छन्। भने, संघीय संसद् सचिवालयले तयार पारेको अन्तरिम कार्यविधि पारित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्