राष्ट्रियसभा निर्बाचनका लागि मौन अवधी सुरु, मौन अवधिमा के-के गर्न पाईदैन ?

काठमाडौं । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गएरातिदेखि मौन अवधी सुरु भएको छ ।

निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघि मौन अवधी शुरु हुने प्रावधान अनुसार गएरातिदेखि मौन अवधी शुरु भएको हो ।

मौन अवधिभर कुनै पनि दलका उम्मेदवार, कार्यकर्ता, मतदातालगायत सञ्चारमाध्यमले चुनावको प्रचार प्रसारका गतिबिधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी सामाजिक सञ्जाल तथा कुनै पनि प्रविधिको प्रयोग गरी मत मागेमा सम्बन्धित दलका उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी खारेज गर्नसम्म सकिने प्रावधान रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशबाट आठ÷आठ जना गरी ५६ जना सदस्य निर्वाचित हुनेछन् ।

राष्ट्रिय सभामा निर्वाचन हुने ५६ सिटमध्ये २४ जना निर्विरोध भईसकेका छन् भने ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्