थप २६ सय ३८ जनामा कोरोना पुष्टि, काठमाडौँमा मात्रै थपिए १४ सय ३ संक्रमित

काठमाडौं, असोज २८ । नेपालमा पछिल्ले २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ। काठमाडौँ उपत्यकामा पछिल्ले २४ घण्टामा थप १ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ४०३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज उपत्यकाका काठमाडौँमा ९९६ , भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ पीसीआर परीक्षण भएसँग अहिलेसम्मको परीक्षणको संख्या १२ लाख २१ हजार ३८ पुगेको छ।

त्ययस्तै आज थप २ हजार १७४ जना संक्रमित निको भएसँगै अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्