पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जना संक्रमितको मृत्यु
काठमाडौं , असोज २४ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १४ जना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीमा १, मोरङमा २, सर्लाहीमा १, काठमाडौंमा २, ललितपुरमा २, भक्तपुरमा १, मकवानपुरमा १, धादिङमा १, नवलपरासीपूर्वमा १ र रुपेन्देहीमा १ जनाको मृत्यु भएको हो ।
थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्