फेन्सी व्यवसायी संघको ५औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन
काठमाडौं । फेन्सी व्यवसायी संघ, नेपालको ५औं साधारण सभाले नयाँ कार्यसमितिको चयन गरेको छ ।
शनिबार ललितपुरको गोदावरीमा भएको संघको ५औं साधाराण सभाले अध्यक्षमा राजेन्द्र श्रेष्ठ सहित ११ सदस्यीय नयाँ कायसमितिको निर्वाचनद्वारा चयन गरेको हो ।
संघको नयाँ कार्यसमितिमा क्रमशः उपाध्यक्षमा दिनेश श्रेष्ठ, महासचिवमा रोशन श्रेष्ठ, सचिवमा चित्र भुजेल, कोषाध्यक्षमा इश्वर अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः रामशरण अर्याल, कुमार भक्त श्रेष्ठ, राधिका बराकोटी, नीरेश शाही, रोजीना श्रेष्ठ र लक्ष्मी श्रेष्ठ रहेका छन् ।
संघका अध्यक्ष गोबिन्द कार्कीका्े सभापतित्व र नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको प्रमुख अतिथिमा भएको उक्त सभामा बन भोज कार्यक्रम समेत भएको थियो ।
उक्त सभामा संघका सचिवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित, कोषाध्यक्षको वार्षिक आय व्ययको प्रतिवेदन पारित, लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण र अध्यक्षले सभामा उठेका प्रश्नहरुको जवाफ दिने लगायत कार्यक्रम भएको साधरण सभाका मुख्य निर्वाचन अधिकृत तथा नेपाल व्यापार संघका उपाध्यक्ष हरि गौतमले जानकारी दिए ।
कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा अतिथिहरुले व्यवसायीक हक अधिकारका लागि राज्यसंग कुन रुपमा प्रस्तुत हुने र व्यवसायीहरुको भावी एजेण्डाका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्