काठमाडौंमा चोरीको बुलेटसहित २६ मोटरसाईकल फेला, ८ जना पक्राउ

काठमाडौँ, असोज २३ । काठमाडौँ उपत्यबाट चोरी भएका २६ वटा मोटरसाईकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ ।

शुक्रबार ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले सवारी धनीलाई मोटरसाईकल जिम्मा लगाएका हुन् ।

प्रहरीले फेला पारेका मध्ये दुईवटा बुलेट मोटरसाईकल छन् । नयाँ बसर्पाकबाट हराएको प्रदेश–३–०२,०१४प ३१८९ र बोडेबाट हराएको को३९प २४३ नम्बरको बुलेट मोटरसाईकल फेला परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोभिड–१९ महामारीको बिचमा पनि सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरासाइकल र स्कुटर खोजीलाई निरन्तरता दिइएको महाशाखाका एसएसपी ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्