सुनको मूल्य आज फेरि बढ्यो, कतिमा हुँदैछ कोरोबार ?

काठमाडौँ, असोज २३ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार ९ सय थियो।तेजाबी सुनको मूल्य तोलामा पनि ९ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ११ ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्