ओम डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयर असोज २३ देखि खुल्ने
काठमाडौं । ओम डेभलपमेन्ट बैंकको १० : ३ कित्ता अनुपात अर्थात ३० प्रतिशत हकप्रद सेयर २३ असोज गतेदेखि बिक्री खुल्ला हुने भएको छ । बैंकले राष्ट्र बैंकले तोकेको अनुसार चुक्ता पूँजी पुराउन प्रति कित्ता १ सय रुपैंयाँ मूल्यमा ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बैंकले हकप्रद प्रयोजनका लागि यहि भाद्र ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । गत भदौ २९ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् । हकप्रद सेयरका लागि कार्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
एनआईबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको बैंकले आफ्ना सबै शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर, इटहरी, बिरगञ्ज, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सकिने जनाएको छ ।
हाल एक अर्ब ६४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको ३० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी दुई अर्ब १३ करोड नाघ्नेछ । बैंकले राष्ट्र बैंकले तोको पूँजी पुर्याउन ३७ करोड बराबरको बोनस बाड्नुपर्ने देखिन्छ ।
बैंकले गत आर्थिक वर्षमा ४३ करोड ३४ लाख रुपैंया खु्द नाफा गरेको छ । बैंकको जगेडा कोषमा ७५ करोड ८६ लाख ५९ हजार रुपैंया सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्