‘कांग्रेस चुप लागेर बस्दैन, लेखेर राखे हुन्छ’ : सिंह

काठमाडौं । । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनले सर्वसत्तावाद लाद्न खोजे पार्टी चूप लागेर नबस्ने चेतावनी दिएका छन् । कांग्रेसविरुद्ध वाम गठबन्धनले गोयबल्स शैलीमा गलत प्रचार गरिरहेको भन्दै उनले त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।

आइतबार कास्की कांग्रेसले पार्टी कार्यालय पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘वाम गठबन्धन सरकारले हाम्रो बहुमत छ भनेर संविधान भनेको केहि होइन, बिधान भनेको केही होइन भन्यो भने कांग्रेस चुप लागेर बस्दैन, लेखेर राखे हुन्छ ।’
कांग्रेसले कुनै प्रकारको सर्वसत्तावाद र अधिनायकवादको सशक्त प्रकारले प्रजातान्त्रिक प्रकारले प्रतिवाद गर्ने उनको भनाइ छ ।

कम्युनिष्टहरुले कांग्रेसलाई गलत आरोप लगाउने गरेको र कांग्रेस नेताहरु भद्रभलादमी बनेर बसेको टिप्पणी उनले गरे ।

प्रतिक्रिया दिनुहोस्