शुक्रबारबाट पोखरा फाइनान्सको एफपिओ नेप्सेमा सूचीकृत

काठमाडौं । पोखरा फाइनान्सको एफपिओ शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । फाइनान्सले भदौ २९ गते बाँडफाँड गरेको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ सूचीकरण गरेको हो ।

फाइनान्सले गत साउन २९ देखि भदौ १ गतेसम्म एक सय रुपैयाँमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँका दरले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।

एफपिओमा २० कित्तासम्म माग गर्ने सबैले मागेजति सेयर प्राप्त गरेका थिए भने ३० कित्ता माग गर्नेले गोलाप्रथाबाट ३० कित्ता सेयर प्राप्त गरेका थिए ।

एफपिओ सूचिकरणपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ पुगेको छ ।

फाइनान्सले गत आवमा ८ करोड ७७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्