आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना संक्रमण, अवस्था यस्तो छ

काठमाडौं , असोज १५ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमण भएको छ ।शंकास्पद लक्षणपछि बुधबार गरिएको स्वाब परीक्षणको रोर्पोट पोजेटिभ आएको निगम स्रोतले जनाएको छ ।

‘तीन दिनदेखि सुख्खा खोकी लागेपछि पौडेल घरमै आइसोलेसनमा बसेका थिए । बिहिबार आएको स्वाब नतिजामा कोरोना देखिएको निगम स्रोतले जनाएको छ ।पौडेलको स्वस्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै घरको आइसोलेसनमा छन् ।

आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई आवश्यक सर्तकता अपनाउन पौडेलले आग्रह गरेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्