नेपालमा एकैदिन थपिए १९ सय ११ कोरोना संक्रमित , काठमाडौँमा मात्रै ९४३
काठमाडौं, असोज १५ । पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् भने बितेको २४ घण्टामा मात्रै १ हजार ९११ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।
योसँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो ।
यसैबीच काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा काठमाडौँमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना गरी ९४३ संक्रमित थपिएका हुन्।हिजो बुधबार उपत्यकामा ९०२ जना संक्रमित थपिएका थिए भने अस्ति ९३४ जनामा संक्रमण पुष्टि भएको थियो।
गौतमका अनुसार हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ७९ हजार रहेका छन् ।यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९६१ जना निको भएका छन् भने यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ ।
यस्तै देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्