आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, असोज १४ । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ९ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

हिजो तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्