अभिभावकले गरे एसईई परीक्षा शुल्क फिर्ता गर्न माग
काठमाडौं , असोज १३। अभिभावकहरूले माध्यमिक शिक्षा परीक्षा एसईईका लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्न माग गरेका छन् । नोवेल कोरोना भाइरस कोभिड–१९ कारण सरकारले परीक्षा सञ्चालन नगरेपछि अभिभावकहरूले शुल्क फिर्ता मागेका हुन् ।
एसईईका लागि ४ लाख ८२ हजार ९८६ विद्यार्थीले जनही ५०० रुपैयाँ तिरेर परीक्षा फर्म भरेका थिए । यस अनुसार राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीसँग २४ करोड १४ लाख ९३ हजार रुपैयाँ उठाएको देखिन्छ । परीक्षा सुरु हुनु भन्दा एक दिन पहिले ५ चैतमा सरकारले परीक्षा स्थगित गरेको थियो ।
२८ जेठमा मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्