कोरोना कहरः विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

काठमाडौं , असोज १२ । विश्वमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ हजार ८ सय ५२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या १० लाख १ सय ३९ पुगेको छ ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् ।त्यहाँ ७३ लाख २० हजार ६ सय ६९ जनामा संक्रमण देखिएको छ भने २ लाख ९ हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

भारतमा संक्रमितको संख्या ६० लाख ७३ हजार ३ सय ४८ पुगेको छ भने संक्रमित ९५ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ३ करोड ३३ लाख ३ हजार २२६ जना संक्रमित भएका छन् । अहिलेसम्म २ करोड ४६ लाख ३४ हजार १९८ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्