नेपालमा एकैदिन थपिए १५ सय ७३ कोरोना संक्रमित , काठमाडौंमा मात्रै ८०९ जना

काठमाडौं, असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

नयाँ थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ भने आज देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् ।

संस्थागत आइसोलेनमा ८ हजार ३२१ रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ८८५ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ५३ हजार ८ ९८ पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ गरी ७२४ कोरोना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्