गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु

काठमाडौं, असोज ११ । गुडिरहेको ट्याक्टरबाट खस्दा ताप्लेजुङमा एक जनाको मत्यु भएको छ ।

प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका–७, मा गुडिरहेको ट्याक्टरबाट खसेर स्थानिय २७ वर्षीय दिपेन्द्र ओख्राबुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार आइतबार बिहान ट्याक्टरबाट खस्दा ओख्राबुको घटनास्थलमै मृत्यु भएको थियो ।

काबेलीबाट सदरमुकाम फुङलिङतर्फ बालुवा बोकेर आउँदै गरेको ना ६ त ३००० नम्बरको ट्याक्टरमा बहानन्दे छेउबाट झुण्डिने क्रममा खसेपछि ट्याक्टरले किचेको थियो ।

प्रतिक्रिया दिनुहोस्