सुनको मूल्य घटेको घट्यै, प्रतितोला कति ?

काठमाडौं , असोज ११ । सुनको मूल्य घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । आइतबार छापावाल सुन तोलाको ६ सय रुपैयाँले सस्तो बनेर ९३ हजार ३ सयमा आइपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बढेको सुन आइतबार फेरि सस्तिएको हो । तेजाबी सुन पनि ६ सयले नै सस्तो बनेर प्रतितोला ९२ हजार ८ सयमा पुगेको छ ।

सुनको मूल्य घट्दा चाँदी पनि तोलाको १० रुपैयाँ सस्तो बनेर प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्