कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौं , असोज १० । कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ ।

बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनमा छारे रोगको लक्षण देखिए पश्चात असोज ६ गते आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरिएको थियो भने असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पोजेटिभ देखिएको थियो ।
यस सँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्