महासंघको प्रथम महाधिवेशन फागुन ५ मा

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन फागुन ५ गते काठमाडौंमा हुने भएको छ ।
महासंंघका पदाधिकारीहरुको बैठकको निर्णय अनुसार महासंघको प्रथम महाधिवेशन फागुण ५ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा गर्ने भएका हो ।

साना उद्योगी व्यवसायीको हक अधिकार, पीरमर्का र समस्याहरुलाई राज्यले सम्बोधन नगरेकोले अधिकार प्राप्तिका लागि लामो समयसम्म संघर्ष गर्दै लड्दै आएको महासंघले यो प्रथम महाधिवेशनलाई ऐतिहासीक महाधिवेशनको संज्ञा दिएको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले साना व्यापारी तथा व्यवसायीको व्यवसायी हक अधिकार स्थापनाको महासंधको स्थापना गर्न वाध्य भएको कताए । उनले सो महाधिवेशनमा घरबहाल नीति तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने, दोहोरो घर वहाल करको हटाउनु पर्ने, भन्सारमा सबै व्यवसायीलाई पहुँच र सहजीकरण गर्नुपर्ने, ढुवानीमा भएको सिण्डिकेट प्रथा हटाउनुपर्ने, दक्ष जनशक्ति उत्पादनको लागि व्यावसायिक शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्नेलगायतका कुराहरु व्यवसायीको प्रमुख समस्याको राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

उनले महासंघको महाविधवेशनमा राष्ट्रिय स्तरका मुद्दा देखि स्थानीय स्तरका समस्याहरु प्रमुख एजेण्डा हुने बताए । उनले धुवाँधुलो तथा फोहरमुक्त वातावरण कायम गर्नुपर्ने, लगानीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, दक्ष जनशक्ति उत्पादन गरि युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले पहल गुर्नपर्ने बताए ।

महाधिवेशनमा आवद्ध रहेका १९ संघका ६ सय प्रतिनिधिको भाग लिने छ ।

प्रतिक्रिया दिनुहोस्